एमाले नेतृत्वको स्थानीय सरकारले विकास गरेको विष्णु पौडेलको दाबी
फाइल फोटो
सिद्धार्थनगर - नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताएका छन् ।
नेकपा एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उनले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गरे ।
उनले भने, `बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट चार लेन सडक, सिद्धार्थ क्रिकेट रङ्गशालामात्रै नभएर आज मात्रै परीक्षण उडान हुन गइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम एमालेको सरकारको नेतृत्वमा भएको हो ।`
पौडेलले पाँच वर्षअघि र आजको सिद्धार्थनगरमा आफ्ना कारणले परिवर्तन आएको दाबी पनि उनले गरे । उपाध्यक्ष पौडेलले सिद्धार्थनगरका बाटोघाटो, सडक, ढल, नाला, विभिन्न विद्यालय, पार्क, सरकारी कार्यालय, स्वास्थ्यचौकी र सामाजिक क्षेत्रमा आफू अर्थमन्त्री भएका समयमा काम भएको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले सिद्धार्थनगरको समग्र विकासका लागि सङ्घीय सरकारले एमालेको स्थानीय सरकारको पहलमा धेरै दीर्घकालीन योजनालाई सहयोग गरेको समेत बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया