दल

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

इकागज |
बैशाख १६, २०७९ शुक्रबार ९:५० बजे

काठमाडौँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निस्कासित हुने बताएको छ ।

यदि बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्‍वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन् ।


‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x