गठबन्धन घरदैलोमै ब्यस्त
ओली भोलि हेटौंडा आउँदै
फाइल तस्बिर
मकवानपुर - चुनावी सभालाई सम्बोधन गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि भोलि (आइतबार) हेटौंडा आउने भएका छन् । एमाले हेटौंडा उपमहानगरपालिकाले आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन् ।
१८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका -४ स्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढी जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरी हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईका अनुसार कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत हुनेछ । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरू सहभागी हुने मकवानपुर एमालेले जनाएको छ ।
यता एमालेको मुख्य प्रतिस्पर्धी सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन ।
एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।
एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्तारूढ गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ ।
गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले बताइन् ।
'मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२/२३ मा आमसभा गरिने तयारी भएको छ,' वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेपाली कांग्रसका सबिन न्यौपानेले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया