गठबन्धन नभएका स्थानमा पनि समझदारी अनुरुप काम गर्न निर्देशन
काठमाडौँ - सत्ता गठबन्धनमा आवद्ध दलहरूले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिएका छन् । गठबन्धनको आइतबार बसेको बैठकले आ-आफ्ना मातहतका निकायलाई समझदारी अनुसार गतिविधि बढाउन निर्देशन दिएका हुन् ।
स्थानीय तह निर्वाचन दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै लाने गरी समेत भएको हो ।
बैठकको पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही समेत निर्णय भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्तागठबन्धले सहमति गरेर विभिन्न स्थानीय तहमा निर्वाचनमा सहभागी भइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया