राप्रपा नेपालले कार्यकर्तालाई भन्यो- आफ्ना उम्मेदवार भएका ठाउँमा 'तीर'मा भोट हाल्नू, नभए सूर्यमा
फाइल तस्बिर
काठमाडौँ - कमल थापा नेतृत्वको राप्रपा नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको सूर्य र आफ्नै पार्टीको तीर चुनाव चिह्नमा भोट मागेको छ । आइतबार बसेको सचिवालय बैठकले आफ्ना उम्मेदवार भएका पालिकामा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेको हो ।
‘चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमति बमोजिम राप्रपा नेपालका सदस्यहरू, शुभचिन्तक तथा मतदाताहरूलाई राप्रपा नेपालका आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरूमा पार्टीको चुनाव चिन्ह ‘तीर’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमति भएका ठाउँमा ‘सूर्य’ चिन्हमा मतदान गर्नुहुन राप्रपा नेपाल आह्वान गर्दछ’, बैठकपछि प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया