शेखरले भने - कनिष्ठलाई आइजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडायो
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजीपी नियुक्त गरेको भन्दै विरोध जनाएका छन् ।
आज ट्विट गर्दै कोइरालाले सरकारको यस्तो निर्णयले विधिको शासनको खिल्ली उडाएको बताएका छन् । उनले भनेका छन्, `सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।`
आज मन्त्रिपरषद्ले नेपाल प्रहरीको नयाँ आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । प्रहरी महानिरिक्षकका लागि सिफारिस भएका तीन एआइजीमध्ये सिंह जुनियर हुन् । एआइजी विश्वराज पोखरेलभन्दा सिंह १७ महिना र सहकुल थापा ८ महिना कनिष्ठ हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया