माओवादी केन्द्र (क्रान्तिकारी) र माओवादी केन्द्रबीच एकता
काठमाडौँ - नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको छ । मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता तथा समायोजन भएको हो । माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्र (क्रान्तिकारी) का चार दर्जन बढी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।
एकता तथा समायोजन कार्यक्रमपछि माओवादी केन्द्रका प्रचण्डले माओवादी एकताको अनिवार्यताबारे लामो समयदेखि सैद्धान्तिक वैचारिक वहस चलाउँदै, त्यसलाई सार्थक पार्ने काममा भूमिका खेलेको भन्दै माओवादी केन्द्र (क्रान्तिकारी) का नेताहरूलाई आभार व्यक्त गरे ।
क्रान्तिको निरन्तरतामा बाँकी कार्यभार सम्पन्न गर्दै समाजवादी यात्रामा अघि बढ्ने विषयमा प्रतिवद्धतासहित माओवादी केन्द्रसँग एकता गरेको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले बताए ।
छरिएर रहेका सबै माओवादी शक्ति/समूह र कम्युनिष्ट, प्रगतिशील एवं देशभक्तहरूलाई जनताको परिवर्तनको मुख्य संवाहक माओवादी केन्द्रमा एकीकृत/ध्रुविकृत हुन उनले आह्वान गरे । माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको नेतृत्वविना नेपाली क्रान्तिकारी आन्दोलन अघि बढ्न नसक्ने उनले ठोकुवा समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया