संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता: नेता सिंह
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, `कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।` कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो ।
नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए । नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।
नेता सिंहले स्थानीय तहको निर्वाचनको प्रभाव प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत पर्ने भएकाले स्थानीय तहलाई नै बलियो बनाउने गरी कांग्रेस लाग्नुपर्ने बताए ।
उनले केन्द्रीकृत शासन प्रणाली विस्तारै स्थानीय तहमार्फत गाउँगाउँमा पुगेको भन्दै गाउँको समस्या बुझ्ने खालको जनप्रतिनिधिलाई छान्न मतदातालाई आग्रह गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया