दल

स्थानीय तह निर्वाचन

आज चुनाव प्रचारको अन्तिम दिन : प्रमुख दलहरू काठमाडौँ उपत्यका केन्द्रित

काठमाडौँमा एमालेको र ललितपुरमा गठबन्धनको चुनावी सभा हुँदै

इकागज |
बैशाख २७, २०७९ मंगलबार ९:४१ बजे

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी प्रचार-प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि प्रचार-प्रसार गर्न पाइँदैन । अन्तिम दिन आज दलका र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसारलाई तीब्रता दिने भएका छन् । 

देशव्यापी चुनावी सभा गरिरहेका प्रमुख दलहरू आज भने काठमाडौँ उपत्यका केन्द्रित हुने भएका छन् । आज काठमाडौँ र ललितपुरमा प्रमुख दलहरूले चुनावी सभा गर्दैछन् । आज काठमाडौँमा नेकपा एमाले र ललितपुरमा गठबन्धनले चुनावी सभा गर्दैछन् । 


नेकपा एमालेले आज काठमाडौँमा चुनावी आमसभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चुनावी सभामा ११ वटै पालिकाका जनप्रतिनिधि र कार्यकर्ताहरू सहभागी हुने कार्यतालिका रहेको छ । 

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x