निर्वाचनमा गरेका वाचा पूरा नगर्नेलाई जनताले सजाय दिन्छन् : महामन्त्री थापा
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतका निर्वाचनको समयमा गरेका वाचालाई पूरा नगर्नेलाई जनताले भोट नदिएर सजाय दिने बताएका छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा गर्यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताए ।
“अघिल्लो स्थानीय तहको निर्वाचनमा गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्नेछन्”, उनले भने ।
महामन्त्री थापाले विगतको स्थानीय तहको निर्वाचनमा जनताले काठमाडौँको प्रमुखमा एमालेका जनप्रतिनिधिलाई निर्वाचित गरे पनि समृद्ध महानगर निर्माण गर्ने कामलाई अगाडि बढाउन नसकेको गुनासो गरे ।
उनले युवालाई सँगसँगै लिएर अगाडि बढे मात्र समृद्ध महानगर निर्माण हुने भन्दै कांग्रेसले काठमाडौँ महानगरको प्रमुख जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया