आचारसंहिता उल्लघंन गरेको भन्दै प्रधानमन्त्री पत्नी आरजुलाई माग्यो आयोगले स्पष्टीकरण
फाइल फोटो
काठमाडौँ - निर्वाचन आयोगले प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
राणाले मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको उजुरी परेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । राणाविरुद्ध हरिश प्रसाद अवस्थी र नेपाली कांग्रेस (बीपी)ले आयोगमा उजुरी दर्ता गराएका थिए ।
राणाले केही दिनअघि डडेल्धुरा र धनगढीमा आयोजित चुनावी सभामा मतदातालाई अनुचित प्रभाव पार्दै गठबन्धनका उम्मेदवारलाई जिताएमा प्रत्येक वडाबाट ४/ ५ जनाको दरले निशुल्क रुपमा भिसा टिकटको व्यवस्था गरी मलेसिया रोजगारका लागि पठाउने विषयहरु बोलेकी थिइन् । सो विरुद्ध कानुनी कारवाहीको माग गर्दै नेपाली कांग्रेस (बीपी)ले आयोगमा उजुरी दर्ता गराएको थियो ।
यस्तै आयोगले राणाले डडेल्धुराको एक कार्यक्रममा कांग्रेसले नजिते बजेट नै नपठाउने भनी दिएको अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो विषयमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया