रुकुमपूर्वमा एक महिला मृत फेला : एमाले-माओवादीका आ-आफ्नै दाबी
बुटवल- रुकुमपूर्वमा एक महिला मृत भेटिएकी छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको ३७ वर्षीया जुनमाया बैढाको मृत भेटिएकी हुन् । उनी एक साताअघि हराएकी थिइन् ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काका अनुसार वैशाख १९ गते टक्सेरामा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा सहभागी थिइन् । उनी सोही दिनदेखि सम्पर्कविहीन भएको उनले बताए । झडपमा दुवै पक्षका ८ जना घाइते भएका थिए । मृतकका भाइ धनकुमार बुढाले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
'बैशाख १९ गते दुई पक्षबीच झडप भएको थियो । उहाँ त्यो दिन घटनास्थलमा हुनुहुन्थ्यो भन्ने जानकारी पाएका छौँ,' उनले भने, 'घटनाको भोलिपल्ट महिला हराएको सूचना आएको थियो । २६ गते घरभन्दा तीन किमि माथि जंगलमा शव भेटिएको हो ।' घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । उनकाअनुसार शव भेटिएपछि पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
घटनाबारे अनुसन्धाका क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कुमार सिंह, जयबहादुर बुढा र अर्जुन बुढालाई अनुसन्धनका लागि नियन्त्रणमा लिएको हो ।
एमालेको आरोप- माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरे
नेकपा एमालेले बुढाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेको आरोप लगाएको छ । एमाले जिल्ला कमिटी रुकुमपूर्वले विज्ञप्ति जारी गर्दै घटनाको छानबिनगरी दोषीलाई कारबाही गर्न माग गरेको छ । एमाले केन्द्रीय सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरेर मारेको दाबी गरे । उनले घटनाको छानबिनगरी दोषीलाई कारबाहीको माग गरे ।
माओवादीको दाबी- एमालेले घटनालाई राजनीतिकरण गर्यो
तर नेकपा माओवादी केन्द्रले भने घटनालाई एमालेले घटनालाई राजनीतिकरण गरेको दाबी गरेको छ । माओवादी जिल्ला अध्यक्ष तेजबहादुर ओलीले आफ्ना तीन जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया