दल

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

इकागज |
बैशाख २९, २०७९ बिहीबार ७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् । 

'के कारणले समातिएको हो भन्‍ने अझै खुलेको छैन' उनी निकट एक नेताले भने । चुनाव बहिष्कार गरेको भन्दै पक्राउ गरेको दाङ प्रहरी स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही दिनअघि मात्रै फुटेर नेकपा बहुमत पार्टी गठन गरेका बास्तोलाले चुनावमा नगए पनि देशभक्त स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको एक नेताले जानकारी दिए ।
 



Author

थप समाचार
x