२३९ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन दलले कति जिते ?
काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्म २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचित हुनेमा नेपाली कांग्रेस पहिलो दल भएको छ । त्यस्तै नेकपा एमाले दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।
कांग्रेसले १११ पालिकाको प्रमुख जितेको छ । एमालेले ६४ पालिका प्रमुख जितेको छ । त्यस्तै माओवादीले ५१ पालिका जितेको छ । एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले २ पालिका र नेमकिपाले एक पालिका प्रमुख जितेको छ । त्यस्तै स्वतन्त्रले चार पालिका जितेका छन् ।
कांग्रेसले १०५ पालिकाको उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमालेले ६४ र माओवादीले ४७ उपप्रमुख/उपाध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले ९ र जसपाले ३ उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया