दल

कांग्रेस बागमती सभापति इन्द्र बानियाँको वडामा एमालेको प्यानलै विजयी

इकागज |
जेठ ३, २०७९ मंगलबार ९:२२ बजे

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएको हो । 


अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । 

अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x