राजनीति

प्रदेश १ को प्रदेश सभा बैठक आह्वान

इकागज |
चैत १५, २०७७ आइतबार १९:१४ बजे

काठमाडौँ  : प्रदेश १ को प्रदेश सभाको बैठक बोलाइएको  छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न उनकै पार्टी एमालेका सांसदहरु तयार भएपछि चैत २३ गतेको लागि बैठक बोलाइएको हो ।  यस अघि चैत १ गते बैठक बसेपनि अनिश्चितकालका लागि स्थगित भएको थियो ।  

त्यसो त मुख्यमन्त्री राईले गत बुधबार बसेको एमाले संसदीय दलको बैठकमा एक हप्ता भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।  
माघ ७ गते हिउँदे अघिवेशन सुरु भए पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पुस १२ मा पेश भएको थियो । तर, संसदमा भने फागुन ९ गते टेबल भएको थियो ।  अविश्वासको प्रस्ताव टेबल भएपछि सरकार पक्षले नै बैठक बहिष्कार गर्‍यो ।   



Author

थप समाचार
x