राजनीति

टोखाको पछिल्लो अपडेट : रजनीलाई पछ्‌याउँदै प्रकाश

इकागज |
जेठ ३, २०७९ मंगलबार ११:३९ बजे

काठमाडौँ- टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन् । हालसम्मको मतगणनामा उनले ७ हजार ८ सय ९२ मत ल्याएर अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ७ हजार ५ सय ६४ मत ल्याएका छन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा २९ वर्षीया थापा उपमेयरमा प्रतिस्पर्धामा थिइन्, उनी ९२ मतको अन्तरमा पराजित भएकी थिइन् ।


यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले ७ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डंगोलले ७ हजार ९६ मत प्राप्त गरेका छन् ।
 


Author

थप समाचार
x