राजनीति

मतगणना स्थालमा भेटियाे स्वस्तिक छाप

इकागज |
जेठ ३, २०७९ मंगलबार १७:२ बजे

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा मतगणना अवरुद्ध भएको छ 

मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले बताए ।


मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना अवरुद्ध भएको हो ।

एमालेले सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यालयमा फेला परेको आरोप लगाएको छ । 

उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ ।


Author

थप समाचार
x