पोखरामा आचार्यले बढाउँदै मतान्तर, थापाभन्दा १८०१ मतले अगाडि
काठमाडौँ - पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनलाई एमालेका कृष्ण थापा १० हजार ५९९ मत ल्याएर पछ्याइरहेका छन् । आचार्य थापाभन्दा १८०१ मतले अगाडि छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२ हजार ६९६ मत पाएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मत पाएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया