राजनीति

काठमाडाैँकाे बुढानिलकण्ठमा मेयर र उपमेयर दुवैमा एमाले विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार १५:३१ बजे

काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरमा एमाले उम्मेदवार मिठाराम अधिकारीे १४ हजार २५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ११ हजार ५१२ मत ल्याएर पराजित भएका छन् । 

त्यस्तै उपमेयरमा पनि एमालेकी अनिता लामा विजयी भएकी छिन् । उनले १४ हजार ३१४ मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याएर पराजित भएकी छिन् । 



Author

थप समाचार
x