राजनीति

दिक्तेल रुपाकोट मझुवागढीमा कांग्रेसका तीर्थराज

इकागज |
जेठ ४, २०७९ बुधबार २१:० बजे

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी तालमेल भएको थियो ।    
    
नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका बिसन राई विजयी भए । भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई चार हजार ३९३ तथा राईले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पराजित गरेकाे मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए। 

भट्टराईले एघार हजार ३८९ र उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ६ हजार ९९६ मत प्राप्त गरे । यस्तै राईले दश हजार ४३८ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी विणादेवीले सात हजार ३१९ मत ल्याइन्। नगर प्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भए पनि अधिकांश वडामा भने एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।    



Author

थप समाचार
x