काठमाडौं महानगरमा वडाबाट कांग्रेसले खोल्यो खाता
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा खाता खोलेको छ।
काग्रेसले महामन्त्री गगन थापाको गृह वडा काठमाडौं- ३० मा हासिल गर्दै खाता खाेलेकाे हाे ।
उक्त वडामा दोब्बर मत ल्याउँदै विजयी हासिल गरेको हो।
वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार एमालेका कृष्णभक्त खड्गी ९४८ मतसहित पराजित भएका छन्।
कांग्रेसका कार्कीले १ हजार ११३ मतान्तरले एमालेका खड्गीलाई पराजित गरेका हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया