राजनीति

पनौतीकाे प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार १०:३२ बजे

काभ्रे-पनौती नगरपालिकाकाे प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी भएका छन्। कांग्रेसका रामशरण भण्डारी प्रमुखमा र उपप्रमुखमा एमालेकी गीता बन्जारा विजयी भएका हुन् । भण्डारीले १४ हजार ५० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७ सय ८३ मत पाएका पराजित भए यस्तै उप प्रमुखमा भने एमालेकी गीता बन्जारा विजयी भइन् । उप प्रमुख बन्जाराले १२ हजार ३ सय ३७ मत ल्याएकी छन्। निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंले १० हजार ३ सय ८८ मत ल्याई पराजित भए।


बन्जारा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडातर्फ कांग्रेसले १, ५, ९ र १० गरी चारवटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ वडा गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले विजय हासिल गरेको छ । यो सँगै काभ्रेको १३ पालिकामध्ये १० वटा पालिकाको मत गणना कार्य सम्पन्न भएको छ । १० वटा पालिकामा गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सबै पालिका प्रमुख हात पार्न सफल भएको छ । जसमा नेपाली कांग्रेसले ६ वटा पालिका, नेकपा माओवादी केन्द्रले ३ वटा पालिका र नेकपा एकीकृत समाजवादीले १ वटा पालिका विजयी हासिल गर्न सफल भएको छ । जिल्लाको धुलिखेल, , पाँचखाल नगरपालिका, र महाभारत गाउँपालिका गरी ३ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ ।


Author

थप समाचार
x