राजनीति

माओवादी केन्द्रको प्रदेश १ संसदीय दलको नेतामा ईन्द्र आङ्बो

इकागज |
चैत १६, २०७७ सोमबार १६:५४ बजे

काठमाडौँ :  प्रदेश १ दलको नेतामा नेकपा माओवादी केन्द्रले ईन्द्रबहादुर आङबोलाई चयन गरेको छ ।  सोमबार बसेको संसदीय दलको बैठकले आङ्बोलाई दलको नेताकोरूपमा चयन गरेको हो । तत्कालीन नेकपाको दाहाल-नेपाल समूहबाट मुख्यमन्त्री शेरधन राईविरुद्ध अश्विासको प्रस्ताव दर्ता गरेपछि आङबोलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो । आजको संसदीय दलको बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र दलको सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएको माओवादी केन्द्रले जनाएको छ ।  

दलका उपनेता टंक आङबोहाङले माओवादी केन्द्र छोडेर एमाले गएपछि अहिले माओवादी केन्द्रसँग १५ सांसद छन् । आङबुहाङ हालसालै विस्तार गरिएको मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।  आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि समस्यामा रहेका मुख्यमन्त्री राई निर्देशन दिएपछि नेकपा एमालेकै माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरिसकेको छ । 



Author

थप समाचार
x