राजनीति

काठमाडौं महानगर : बालेन झन् झन् अग्रता बढाउँदै

इकागज |
जेठ ८, २०७९ आइतबार २१:२० बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाको १ लाखभन्दा बढी मत गणना भइसकेको छ । जसमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साह ४१ हजार ५ सय २२ मत ल्याएर अग्रस्थानमा  छन् । दोस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले २४ हजार १ सय १८ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २३ हजार २ सय ४६ मत ल्याएका छन् ।

हालसम्म ६‍० प्रतिशत मत गनिएकाे हाे । समीकरण हेर्दा अब बाँकी ४० प्रतिशत मतमा बालेनलाई सिर्जना र केशवले पाउने मतकाे करिब आधा मात्रै आए  पनि जितका लागि काफी हुने देखिन्छ ।


अहिले गौशाला, बानेश्वर, त्रिपुरेश्वर, टेकु, टेवहाल, ओमवहाल, जनवहाल र लैनचौरको मत गणना भइरहेको छ ।

अहिले पनि बालेन विभिन्ना वडाकमा राम्रो मत ल्याइरहेका छन् । भित्री ‘कोर एरिया’ भनिएका ठाउँमा पनि बालेन साहको मत अन्य उम्मेदवार हाराहारी आएको छ । यो तथ्यांकले बालेन साहसँगको मतान्तर घटाउन अन्य उम्मेदवारलाई मुस्किल देखिन्छ ।

बाँकी रहेका क्षेत्रको मत केशव र सिर्जना एक्लैले पाउने  सम्भावना छैन् । बाँकी रहेको क्षेत्रका बालेनले ठिकै मत पाए बालेनले पाए बाहेकको मत दुई उम्मेदवारमा बाँडिने छ । जसले गर्दा बालेनसँगको मतान्तर घटाउन सक्ने अवस्था देखिदैन ।

अहिलेको मतान्तर र बाँकी रहेको मतगणनाको आधारमा महानगरको मेयर पदमा एमाले र कांग्रेसका उम्मेदवारको लडाइँ भनेको दोस्रो बन्ने प्रतिष्ठाको लडाइँ मात्रै हुने निश्चित जस्तै भएको छ । 


Author

थप समाचार
x