इन्धनको मूल्य वृद्धिबारे छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं – इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव विभिन्न तीन पार्टीका सांसदहरुले दर्ता गरेका छन् ।
एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाएका छन् ।
एमालेका प्रमुख सचेतक भट्टराईका अनुसार इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख गरिएको छ । इन्धनमा भारी मूल्यबृद्धि गरिएपछि पछिल्लाे समय देशका विभिन्न स्थानमा आन्दाेलन भइरहेकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया