राजनीति

स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छः राष्ट्रपति भण्डारी

इकागज |
जेठ १०, २०७९ मंगलबार १६:३९ बजे

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छन् ।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गरिन् ।


‘अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेको वडामा समेत यसपटक मतदान भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा भएको निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।
 


Author

थप समाचार
x