राजनीति

आफ्नै नेता-कार्यकर्ताले पनि भोट नदिएकाे कारण खाेज्दै एमाले

इकागज |
जेठ ११, २०७९ बुधबार १७:५६ बजे

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । 


एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता-कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई  मत नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता-कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीलाई 'कारण' पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए । 

 


Author

थप समाचार
x