पाेखराका मेयर आचार्यले गरे पदभार ग्रहण
पाेखरा - पाेखरा महानगरका निर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईबाट शपथ ग्रहण गरिसकेपछि उपमेयरसहित पाेखरा ७ काे पुष्षलाल पार्कमा पुगेर शालिकमा माल्यार्पण गरि जिराे किलाेमिटरदेखि हल्लनचाेक सडक खण्डकाे डिभाइडरमा फूल राेपी महानगरमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले वडा कार्यालयको सिफारिसको आधारमा न्यून आय भएका परिवारका बालबालिकालाई पाेषणा भत्ता दिने घोषणा गरेका हुन् । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुनेछ । यस्तै पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई लिखित आग्रह पठाउने अर्को निर्णय गरेका छन् ।
पोखरा चिनाउने कुनै योजना अर्थात् `सिम्बोल अफ पोखरा´ बनाउन आह्वान गर्ने अर्को निर्णय भएको छ । यसका लागि एक महिनाकाे समय दिएर देशभरका युवाहरुमा आह्वान गर्ने र उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिइने मेयर धनराजले बताए । यस्तै पाेखरालाई पर्यटकीय राजधानी घाेषणा गर्न संघ सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया