राजनीति

सरकाले धनगढीकाे गेटा मेडिकल कलेज सञ्चालन गर्ने ठोस कार्यक्रम नल्याएको भन्दै स्थानीयको विरोध

इकागज |
जेठ १३, २०७९ शुक्रबार १०:७ बजे

कैलाली – धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न दबाब दिन जनस्तरबाट निर्माणाधीन मेडिकल कलेजमा सांकेतिक स्वास्थ्य परिक्षण गरिएको छ । धनगढी र अत्तरियाबाट पुगेका स्थानीयहरुले मेडिकल परिसरमा स्वास्थ्यकर्मीको पहिरनमा विभिन्न स्वास्थ्य जाँच गरेका छन् । 

सरकारले निति तथा कार्यक्रममा निर्माणको अन्तिम चरणमा रहेको गेटा मेडिकल कलेज सञ्चालनका लागि कुनैपनि ठोस कुरा नउठाइ डडेल्धुरामा अर्को मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेपछि यहाँका स्थानीयहरु आन्दोलित भएका हुन् । 


धनगढीका युवा रबिन पन्तले लगभग निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेज संचालनमा सरकारले निति तथा कार्यक्रममा कुनैपनि कुरा नसमेटिनु दुःखदायी भएको बताए । उनले भने, ‘डडेल्धुरामा पनि मेडिकल कलेजको आवश्यकता छ, तर निर्माण सम्पन्न हुनै लागेको गेटा मेडिकल कलेज सञ्चालन गर्न​  सरकारले कुनै ठोस पहल नगरेपछि बाध्य भएर आन्दोलित हुनु परेको हाे ।’

त्यस्तै अत्तरियाका युवा लोकराज पाण्डेयले सधै सरकारले पश्चिमलाई उपेक्षा गर्दै आइरहेको बताए । उनले अहिले प्रधानमन्त्री समेत सुदूरपश्चिमकै भएको अवस्थामा समेत गेटा मेडिकल कलेज सञ्चालनका लागि उदासीन भएकोमा दुख व्यक्त गरे ।


Author

थप समाचार
x