संसदमा बुढाको प्रश्न– कर्णालीका मृत्युमार्गलाई कहिले राजमार्गमा परिणत गर्ने ?
काठमाडौं– संघीय संसदमा अहिले सरकारले गत मंगलबार पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ । विगत तीन दिनदेखि जारी छलफलमा सांसदहरुले नीति तथा कार्यक्रममाथि आआफ्नो विचार राखिरहेका छन् ।
यही क्रममा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले कर्णाली प्रदेशमा रहेका जोखिमपूर्ण सडकको कुरा संसदमा उठाए । दैलेख क्षेत्र नं २ का सांसद बुढाले वर्षेनी सयौँको ज्यान जाने कर्णालीका सडकको स्तरोन्नती गर्नुपर्ने माग राखे ।
‘कर्णालीका सडकलाई सरकारले राजमार्ग भन्ने गरेको छ । तर, कर्णालीका जनताले यसलाई राजमार्ग स्वीकार गरेका छैनन्,’ उनले प्रश्न गरे, ‘यो मृत्युमार्गलाई कहिले, कुन नीतिले राजमार्गमा परिणत गर्ने हो ।’
उनले सवारी दुर्घटनामा परी घाइते हुनेहरूलाई सरकारले समयमै उद्धार गर्न सकेको भए घाइतेहरू बाँच्न सक्ने बताए । उनले जोखिमयुक्त सडकबारे सरकारलाई गम्भीर हुन आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया