राजनीति

नेपाल पक्षका १६ सांसदले फिर्ता लिए मुख्‍यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव (पत्रसहित)

इकागज |
चैत १७, २०७७ मंगलबार १९:५० बजे

काठमाडौँ  :  प्रदेश १ मा १६ जना सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।  राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर मुन्यमन्त्री दाबी गरेका भीम आचार्यसहितका १६ जना सांसदले फिर्ता लिएका हुन् । 
  
अविश्वासको प्रस्तावमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदले हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री राईले आफ्नै दलका सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुलाई फिर्ता लिन निर्देशन दिएका थिए ।  उनीहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई पनि गराइसकेका छन् ।  



Author

थप समाचार
x