सरकारी स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क
काठमाडौं – आगामी आर्थिक वर्ष २०७९–०८० बाट सरकारी स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि पाइने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो जानकारी दिएका हुन् ।
त्यस्तै, उनले मृगौला प्रत्यारोपण तथा डायलासिस गराइरहेका विरामी, सम्पूर्ण किसिमका क्यान्सर र मेरुदण्ड र पक्षपातका विरामीलाई मासिक पाँच हजार रुपैयाँ दिइने पनि बताए ।
यसका लागि सरकारले ५० करोड छुट्याएको जानकारी अर्थमन्त्री शर्माले दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया