रुकुम चौरजहारी घटना गणतान्त्रिक नेपालको शिर झुकाउने घटना हो : निरादेवी जेरु
काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ निरादेवी जेरुले दुई वर्षअघि अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारीमा घटेको घटना गणतान्त्रिक नेपालको शिर झुकाउने घटना भएको बताएकी छन् ।
सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले उक्त घटनालाई मानव जातिकै कलंकको रुपमा चित्रण गरिन् ।
‘जेठ २१ गतेलाई हामीले महिला अधिकार घोषणा भएको दिनका रुपमा लिएका छौँ । तर मानव कलंकको रुपमा रहेको गणतान्त्रिक नेपालको शिर झुकाउने, जातका नाममा हत्या हुने, अन्तरजातीय विवाह गरेका नाममा हत्या हुनुपर्ने रुकुम चौरजहारी जस्ता घटना भएका छन्,’ उनले भनिन् ।
यस्ता घटनामा संलग्न दोषीलाई यथाशीघ्र कारबाही गर्नुपर्ने उनले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया