जनता आवास कार्यक्रमको संयोजक पदबाट सांसद साहले दिए राजीनामा
जनकपुरधाम – शहरी भवन कार्यालयले बेवास्ता गरेको भन्दै मधेस प्रदेशका एक सांसदले जनता अवास कार्यक्रमको संयोजक पदबाट राजीनामा दिएका छन् ।
पटक पटक ताकेता गर्दा पनि प्रदेश सरकार मातहतका रहेका शहरी भवन कार्यालयका प्रमुखले आफूलाई बेवास्ता गरेको भन्दै बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्य पारस प्रसाद साहले जनता अवास कार्यक्रम अन्तर्गत बारा जिल्लाको संयोजक पदबाट राजीनामा दिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट निर्वाचित निज सांसदले जनता आवास कार्यक्रमको संयोजक पदबाट दिएको राजीनामापत्र भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव समक्ष बुझाएका छन् ।
उनले बुझाइकाे राजीनामा पत्रमा लेखिएकाे छ, 'आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित रकमबाट नेपाल सरकारको सूचीमा रहेका दलित समुदाय मध्येबाट प्रदेशले दिएको निर्देशिका भित्र रही कार्यक्रम अगाडि बढाउनु पर्नेमा प्रदेश सरकार मातहत रहेको सहरी भवन कार्यालयका प्रमुखले बेवास्ता गर्दै आएको छ ।'
सांसद साहले गत ८ महिनादेखि पटक-पटक समन्वय गरी मिटिङ्ग बसाई कार्यविधि बमोजिम लाभग्राहीले दिएको निवेदनअनुसार कर्मचारी खटाई अनुगमन गराई छनौट गर्न पटक-पटक ताकेता गर्दा पनि कुनै काम कारवाही अगाडि नबढेकाे आफूले पदबाट राजीनामा दिएको बताए ।
कुनै पनि मितिको निर्णयलाई कार्यवन्यन नगरी विना कुनै जानकारी रौतहट जिल्लामा बनेको घरहरुको बक्यौता भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत नेपाल सरकारसँग माग गर्नुको सट्टा बारा जिल्लाकै रकम रकामान्तर गर्न ३ महिनादेखि सिफारिस गरी प्रदेशको भौतिक मन्त्रालयमा लगेको र बाराको कार्यक्रम अगाडि बढाउन कुनै सहयाेग नगरेकाे तथा प्रदेशको निर्देशिका विपरीत कर्मचारीहरु समेतलाई बेवास्ता गरी मनोमानी ढंगले शहरी भवन कार्यालय प्रमुखले काम गर्दै आरोप सांसद साहले लगाएका छन् ।
उनले गैरकानुनी रुपले कार्यक्रम सञ्चालन गर्न खोजेको विषयमा ३/४ पटक भौतिक पूर्वाधार विकास मन्त्रीलाई र १०औं पटक मुख्यमन्त्रीलाई समेत जानकारी गराए पनि कार्यक्रममा कुनै किसिमको परिर्वतन नदेखिएकोले आफूले आजैको मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया