राजनीति

शिक्षामा बजेट कटौती गरेकोप्रति सांसद इकबाल मियाको आपत्ति

इकागज |
जेठ १९, २०७९ बिहीबार १२:४५ बजे

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद इकबाल मियाले शिक्षा क्षेत्रमा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका छन् । 

सरकारले दुवै सदनको संयुक्त बैठकमार्फत जेठ १५ गते ल्याएको बजेटमाथिको संसद्मा जारी छलफलमा बोल्दै उनले शिक्षामा बजेट कटौती गरेकोप्रति आपत्ति जनाएका हुन् । 


‘शिक्षामा पोहोरभन्दा कम बजेट छुट्याइएको छ । जब कि शिक्षा मेरुदण्ड हो । भौतिक पूर्वाधारको अवस्थमा हार्दा सरकारी विद्यालयमा विद्यार्थी एकदमै धेरै छन्,’ उनले भने, ‘विद्यार्थीहरुको यस अवस्थाप्रति ध्यान देउ । सरकारी विद्यालयमा दलित, मधेशी, मुस्लिम, पिछडिएको, सीमान्तका छोराछोरी पढ्छन् । धनका छोराछोरी त बोर्डिङ स्कुलमा पढ्छन् । यसतर्फ हाम्रो ध्यान कत्तिको गएको छ ?’


Author

थप समाचार
x