राजनीति

ललितपुरमा माओवादी, एकीकृत समाजवादी, राप्रपाका नेतासहित ४४१ जनाको जमानत जफत

इकागज |
जेठ २०, २०७९ शुक्रबार १२:३५ बजे

ललितपुरमा ४४१ जना उम्मेद्‌वारको जमानत जफत


ललितपुर-


ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरमा  ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए ।

जमानत जफत हुनेमा महाकाल अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भगिरथ तिमल्सिना, महांकालकै अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जारा, ललितपुर महानगरका विवेकशील साझाबाट मेयरका अत्यासी उज्वलकृष्ण श्रेष्ठ, महानगरकै राप्रपाका प्रत्यासी अष्टबहादुर महर्जनलगायत छन् ।

निर्वाचन प्रमुख धमलाका अनुसार ललितपुर महनगरमा सर्वाधिक १७७ जनाको जमानत जफत भएको छ भने कोञ्ज्योसोम गाउँपालिकामा सात जनाको मात्रै जमानत जफत भयो ।

ललितपुर महानगरमा जमानत जफत हुनेहरू १७७ जना रहेका छन्  । महानगरको राप्रपाबाट मेयरका प्रत्यासी अष्टबहादुर महर्जन र विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठसहित ११ जना मेयरका उम्मेदवारको जमानत जफत भयो । जमानत जफत हुने उपमेयरको उम्मेदवार सात जना छन् ।

महानगरमा ५८६ जनाको उम्मेदवारी परेको थियो भने ४०८ जनाको जमानत रकम फिर्ता हुने भएको छ ।

गोदावरी नगरपालिकामा भने १९ जना मेयरका उम्मेदवारसहित १३७ जनाको जमानत जफत भएको छ । जसमा राप्रपाबाट अध्यक्ष प्रत्यासी राजकुमार महर्जन, मालेबाट मंगले पहरी,मजदुर किसान पार्टीका विष्णुभक्त महर्जनलगायत १३ जना स्वतन्त्र उम्मेदवारको समेत जमानत जगफत भएको हो ।

गोदावरीमा जम्मा ३२३ जनाको उम्मेदवारी परेको थियो । यहाँ १८६ जनाले जमानत रकम पाउने भएका छन् ।

महालक्ष्मी नगरबाट जमानत जफत हुने ६९ जना छन् । यस नगरबाट पाँच जना मेयर र एक जना उपमेयर उम्मेदवारको जमानत जफत भयो । महालक्ष्मीमा २१९ जनाको उम्मेदवारी परेको थियो । १५९ जनाको जमानत जफत नभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

महांकाल गाउँपालिकाबाट ३१ जनाको जमानत जफत भयो । यस गाँउपालिकाबाट जमानत जफत हुनेहरूमा माओवादीका भगिरथ तिमल्सिना, नेकपा एकीकृत समाजवादीका राजनप्रसाद बञ्जारालगायत ७ जना हरेका छन् ।   उपाध्यक्ष तर्फ भने जनाको मात्र जमानत जफत भयो । राप्रपा र एकीकृत समाजवादीका उम्मेदवारहरुको मात्रै जमानत जफत भयो ।  

महांकालमा १०५ जनाको उम्मेदवारी परेकोमा ७५ जनाले प्रतिशत मत पाएपछि जमानत जोगाए ।  बागमती गाउँपलिकामा राप्रपाका अध्यक्ष उम्मेदवार सानु महर्जन महर्जनसहित २० जनाको जमानत जफत भएको छ । बागमती गाउँपालिकाबाट राप्रपाबाट अध्यक्षका उम्मेदवारले १९ मत पाए । यस गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षका उम्मेदवारहरु रविन घिमिरे, सविन बल, मनोज राना, राजेश कुमार सन्जेलको जमानत जगत भयो । बागमतीमा ९३ जनाको उम्मेदवारी परेकोमा ७२ जनाले जमानत जोगाउन फित भए ।

कोञ्ज्योसोमबाट जमानत जफत हुने ७ जना मात्र छन् । यहाँ राप्रपाका अध्यक्ष मानबहादुर तामाङ र उपाध्यक्ष निर्मला लामाको जमानत जफत भयो । कोञ्ज्योसोममा ७९ जनाको उम्मेदवारी परेको थियो । यस पालिकामा ममानत जोगाउने ७० जना छन् ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार ९० दिनभित्र सम्पर्क गरे उम्मेदवारहरुले जमानत रकम फिर्ता पाउन सक्छन् ।  उम्मेदवारी दर्ताका क्रममा अध्यक्षले एक हजार ५ सय वडाध्यक्षले एक हजार र वडा सदस्यले ५ सय जमानत राखेर उम्मेदवारी दर्ता गराउनु पर्छ । आयोगले दलित र अल्पसंख्यकलाई भने छुट दिएको थियो ।

न्युज कारखाना


Author

थप समाचार
x