माओवादीको पूर्वस्थायी कमिटी बैठकमा के-के छलफल भयो ?
फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक सकिएको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा मुख्यगरी पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको पूर्वस्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
‘आजको बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनसम्बन्धी मात्र छलफल भयो,’ उनले भने, ‘नीतिगत कुरामा छलफल भएन ।’ बैठकमा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको शाहले बताए ।
उनले यसको समस्या यथाशीघ्र समाधान गर्न आफूहरूबीच छलफल भएको बताए । उनले आजको बैठक आगामी असार १५ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीको रुपमा भएको पनि बताए ।
माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक हिजो शनिबार दिउँसो ३ बजेका लागि तय गरेको थियो । तर, सम्पूर्ण सदस्यहरू उपस्थित हुन नसकेपछि बैठक आज सारेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया