राजनीति

माओवादीले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने

इकागज |
जेठ २२, २०७९ आइतबार १३:८ बजे

फाइल तस्‍बिर

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । 

‘पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित गर्नका लागि हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय भएको छ,’ पूर्वस्थायी सदस्य गणेश शाहले भने ।


पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारीमा देखिएको विवाद समाधानको विषयमा पनि छलफल भएको छ । विवाद समाधानका लागि दुवै असन्तुष्ट पक्षलाई बोलाएर अध्यक्ष प्रचण्डले संवाद गर्ने निर्णय भएको उनले बताए । 
 


Author

थप समाचार
x