बलात्कारमा हदम्याद हट्यो भने मुद्दाको चाङ लाग्छ, अरुले न्याय पाउँदैनन् : गंगा चौधरी
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कार मुद्दामा हदम्यादको प्रावधान हटाउन नहुने बताएकी छन् । संघीय संसद्मा यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्न पेस गरिएको विधेयकमाथिको छलफलमा हदम्यादको प्रावधान हटेको खण्डमा वास्तविक पीडितले न्याय नपाउने उनले बताइन् ।
‘जबसम्म मन मिल्यो तबसम्म लभ हुने, आफ्नो स्वार्थ मिलेन भने बलात्कार हुने । यसभन्दा अगाडि यही सम्मानित संसद्का पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ,’ उनले भनिन्, ‘जबसम्म उहाँसँग स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्तो थिएन, तर जब स्वार्थ मिलेन त्यसलाई बलात्कारको संज्ञा दिएर उहाँलाई ६ महिना जेल कोचियो ।’
उनले हदम्याद राखिएन भने अदालतमा मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितलाई न्याय पाउन मुश्किल हुने बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया