राजनीति

सातामा दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार, असार १ देखि आइतबार बिदा नहुने

इकागज |
जेठ २३, २०७९ सोमबार १९:० बजे

फाइल तस्बिर

काठमाडौं - सातामा दुई दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले इकागज जानकारी दिए । उनकाअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको हो । 

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। 
 



Author

थप समाचार
x