राजनीति

इम्बोस्ड नम्बर ठेक्काबारे छानबिन गर्न युवा संघले दियो अख्तियारमा उजुरी

इकागज |
जेठ २५, २०७९ बुधबार १४:५१ बजे

काठमाडौँ - राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । 

उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । 


युवा संघमा आबद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ । 


Author

थप समाचार
x