लक्ष्मणलाल कर्णको प्रश्न : पार्टीमा संकट आएपछि सहयोग खोज्ने, संकट निवारण भएपछि लखेट्दिने ?
फाइल तस्बिर
काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् ।
सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीरणका लागिआह्वान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले विगतमा आफूहरूलाई पार्टीबाट निकालेको भन्दै अहिले संकटमा परेकाले सहयोग खोजेको बताए ।
‘हामीसँग कुनै कुरा गर्नुभएको छैन । बाटोमा उहाँ बोलिराख्नु भएको छ, हामीले उहाँको पार्टी फुट्दा एकीकरण गरेर जोगाएको होइन ?,' उनले भने, 'त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने ? संकट निवारण भएपछि लखेट्दिने । के को लागि एकीकरण ? किन एकीकरण ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया