जिसस कपिलवस्तु निर्वाचन : बराबर मत भएपछि प्रमुखदेखि सदस्यसम्म गोलाप्रथाबाट चयन
जिल्ला समन्वय समिति कपिलवस्तुको कार्यालय
चन्द्रौटा - कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले)का बाबुराम आचार्य निर्वाचित भएका छन् । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित भएका हुन् ।
उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित भएका छन्। मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो । सदस्यहरूमा कांग्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित भए ।
यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भइन् । समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सित चुनावी तालमेल गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया