राजनीति

मलको हाहाकार देखाएर 'माल' कमाउने तरिका खोजिएको त होइन ? : सांसद पाठक

इकागज |
जेठ ३०, २०७९ सोमबार १३:५५ बजे

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले सरकारले मल ल्याउन गरिरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन् । 
सोमबारको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले सरकार कतै मलको हाहाकार देखाएर माल कमाउने तरिका खोजिरहेको त होइन भन्दै प्रश्न गरेका हुन् । 

उनले एकातिर समयै मल पाइरहेको छैन र अर्कोतिर मलको मूल्यवृद्धि आकाशिएको भन्दै सरकारको विरोध जनाएका छन् । 


‘अघिल्लो वर्ष युरियाको प्रतिकेजी मलको मूल्य ५५ र डिएपीको प्रतिकेजी मूल्य ८२ रुपैयाँ थियो । अहिले १ केजी युरियाको मूल्य एक सय ३९ पुगेको छ भने एक केजी डिएपीको मूल्य एक सय ६८ पुगेको छ,’ उनले भने, ‘एकातिर मल पाइएको छैन भने अर्कातरि मलको मूल्य हेर्नुस् । सरकारको अकर्मण्यताका कारण मल ल्याउन २ सय २६ दिन लाग्ने गरेको छ । मलको हाहाकार देखाएर कतै माल कमाउने तरिका खोजिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

उनले किसानलाई समयमै मलको आपूर्ति गराउन सरकारलाई ध्यानाकर्षण गरे । 


Author

थप समाचार
x