राजनीति

जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:१९ बजे

दार्चुला - जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका महादेव बडू (कश्यप) प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।

काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्।


यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् ।


Author

थप समाचार
x