राजनीति

एसपीपी सार्वजनिक भएसँगै नेपाली समाज त्रसित छ : सांसद ज्ञवाली

इकागज |
असार १, २०७९ बुधबार १२:१७ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसिप पोग्राम (एसपीपी)ले नेपाली समाजलाई गम्भीर रुपले सशंकित बनाएको बताएका छन् । 

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अमेरिकाको सैन्य रणनीतिसँग जोडिएको एसपीपी सम्झौतामा नेपाल पनि सामेल भएको भन्ने खबर सार्वजनिक भएसँगै नेपाली समाज चिन्तित हुन थालेकाे बताएका हुन् । 


‘एसपीपी सार्वजनिक भएसँगै नेपाली समाज चिन्तित, त्रसित र गम्भीर रुपले आशंकित छ,’ उनले भने, ‘यो सरकार यो लेभलसम्म पुग्ला भनेर कसैले पनि अपेक्षा गरेका थिएनन् ।’


Author

थप समाचार
x