विवाहको उमेर हदमा समीक्षा हुने, उमेर हद घटाउन कानुन मन्त्रालयले थाल्यो अध्ययन
काठमाडौं– कानुन तथा न्याय मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले विवाह गर्न २० वर्ष कुर्नुपर्ने कानुनी प्रावधान वैज्ञानिक नभएको टिप्पणी गरेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विवाहका लागि २० वर्ष कुर्नुपर्ने प्रावधानले अपराध बढाउन सहयोग गरिरहेकाले यसमाथि समीक्षा गर्न आवश्यक गरेको बताएका हुन् ।
‘एउटा व्यक्तिले १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न चाहिँ २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदै,’ उनले भने, ‘यसले बरु अपराध बढाउन सहयोग गर्छ । त्यसैले यसको रिभ्यू गर्नुपर्छ ।’
विवाहको उमेर हदका विषयमा समीक्षा कानुन मन्त्रालयले सुरु गरिसकेको पनि उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया