सत्ता गठबन्धन बैठक : एसपीपी अस्वीकार गर्ने विषयमा केन्द्रित
काठमाडौं– अमेरिकी सैन्य रणनीति स्टेट पार्टनसिप प्रोग्राम एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
यादव, नेपाल र प्रचण्डबीच एसपीपीको विषयमा शनिबार पनि छलफल भएको थियो । हिजोको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने सहमति भएको थियो । आजको बैठक यही विषयमा केन्द्रित भएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकले प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा कुनै विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न नेपाल सरकारलाई निर्देशन दिइसकेको थियो ।
समितिले प्रधानमन्त्री देउवालाई आइतबारको बैठकमा उपस्थित भएर एसपीपीबारे स्पष्ट पार्न भनेको थियो । तर, उनी आजको बैठकमा उनी उपस्थित भएनन् । उनको उपस्थितिलाई लिएर प्रतिपक्षका सदस्यहरुले विरोध गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया