एसपीपी सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्छ : प्रदीप ज्ञवाली
फाइल तस्बिर
काठमाडौँ - नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले एसपीपी सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताए । सो सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायहरूमा कसरी र कहाँ-कहाँबाट पुग्यो यसको उद्गमको खोजी हुनुपर्ने उनको भनाइ छ ।
सो सम्झौताको विषयलाई सन् २०१५ देखि २०१९ सम्मको पत्राचारको चरण, सन् २०१९ मा सरकारले अध्ययन गरेको चरण र हाल ड्राफ्ट बाहिरिनुसम्मको चरण गरी तीन चरणकै खोजी गरिनुपर्ने सांसद ज्ञवालीले उल्लेख गरे । उनले कसैको व्यक्तिगत रिसले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग लगाएर न्यायालयलाई विवादमा तानिएको बताए । महाअभियोग लगाएर व्यक्तिगत आत्मसन्तुष्टि भए पनि यसरी राज्यका संस्थाहरू बलियो नहुने उनको भनाइ छ ।
त्यसैगरी उनले नेपाली सेनालाई पनि विवादमा ल्याउन खोजिएको औँल्याए । ज्ञवालीले सेनालाई कमजोर पार्न लागिएको हो कि भन्ने आशंका व्यक्त गरे ।
सांसद ज्ञवालीले राज्यका विभिन्न निकायहरूले अन्तर्राष्ट्रियस्तरमा पत्राचार गर्नुपर्दा सम्बन्धित मन्त्रालयहरूको समेत अनिवार्य रुपमा राय लिएर परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया